५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अमेरिकाविरूद्ध विनोदको अर्धसतक


२५ माघ २०७६, शनिबार  

0
Shares

२५ माघ ०७६, काठमाडौ । काठमाडौमा जारी आइसिसी विश्वकप लिग दुई अन्तर्गत अमेरिकाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि विनोद भण्डारीले अर्धसतक पूरा गरेका छन्।

आज शनिबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भण्डारीले ७० बलमा ५३ रन बनाएका छन् । उनले ५ चौका र १ छक्का प्रहार गरेका छन्। त्यसअघि नेपालका कशुल मल्लले अर्धसतक पार गरेका थिए।

अहिले टस जितेर अमेरिकाले फिल्डिङ रोजेको थियो।

https://www.youtube.com/@lalitkhabar

त्रिकोणात्मक सिरिज अन्तर्गत अहिले ओमान र अमेरिका नेपाल भ्रमणमा रहेका छन्। यी तीन टोलीबीच दुई(दुई खेल गरेर प्रत्येकले चार खेल खेल्नु पर्नेछ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।