२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चितुवाको आक्रमणमा मृत्यु भएका बालिकाको परिवारलाई राहत प्रदान


२५ माघ २०७६, शनिबार  

0
Shares

२५ माघ ०७६,कास्की । डिभिजन वन कार्यालय कास्कीले चितुवाको आक्रमणबाट मृत्यु भएका नौ वर्षीया बालिका पूजा विकको परिवारलाई राहत प्रदान गरेको छ ।

पोखरा महानगरपालिका–३२ कोठे गाउँका दीपक र अप्सरा विकका नौ वर्षीया छोरी पूजालाई गत बिहीबार राति चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । वन कार्यालयका प्रमुख एवं डिभिजनल वन अधिकृत रामकाजी श्रेष्ठले मृतकको परिवारलाई किरिया खर्चबापत आज तत्कालका लागि रु ५० हजार राहत प्रदान गरिएकोजानकारी दिनुभयो
त्यस्तैगरि वन्यजन्तु क्षतिको राहत निर्देशिका २०६९ बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने नीति रहेपनि आवश्यक कागजपत्र तयार गर्न समय लाग्ने भएकाले तत्कालका लागि सो सहयोग प्रदान गरिएको छ ।

छिमेकीको घरबाट खेलेर घर फर्किने क्रममा बालिकालाई चिुतवाले आक्रमण गरेको थियो । चितुवा पुनःबस्तीमा आउनसक्ने भएकाले नियन्त्रणका लागि घटनास्थल नजिकै एउटा काठको खोर राख्ने तयारी गरिएको छ । छिमेकी जिल्ला तनहुँमा चितुवाले बारम्बार बालबालिकामाथि आक्रमण गरी सन्त्रास फैलाएकाले नियन्त्रणका लागि त्यहाँ अभ्यास गरिएका उपायका बारेमा समेत परामर्श गरिएको डिभिजनल प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

साथै चितुवा आउनसक्ने सम्भावित अन्य तीन स्थानमा पनि खोर राखेर नियन्त्रणको प्रयास गरिने बताइएको छ । त्यसैगरी सामुदायिक वनको झाडी सरसफाइ गर्ने तथा बाटोमा सडक बत्ती जडान गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । वन कार्यालयले साँझपख बालबालिकालाई एक्कलै हिँडडुल गर्न नदिन तथा वयस्कसमेत दुई जना मिलेर हिँड्न अनुरोध गर्दै विद्यालय तथा टोलमा चितुवा आक्रमणबाट जोखिन सचेतनाका कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ४ : १८ बजे