५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


शहीद स्मारक लिग : हिमालयन शेर्पा र जाउलाखेल विजयी


२५ माघ २०७६, शनिबार  

0
Shares

२५ माघ ०७६, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा हिमालयन शेर्पा क्लब र जाउलाखेल युथ क्लब विजयी भएका छन् ।

आज शनिवार ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ(एन्फा) कम्प्लेक्सको खेलमैदानमा भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई ३–२ गोलले पराजित गरेको छ । शेर्पाका लागि विजय गुरुङले दुई तथा त्रिदेव गुरुङले एक गोल गरेका थिए ।त्यस्तै च्यासलका लागि हायातु वाकिनोले दुई गोल गरेका थिए । त्यस्त्ै विजयले खेलको २८औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्रिदेवले खेलको ३३ औँ मिनेटमा शेर्पाका लागि दोस्रो गोल गरेका थिए । त्यसको चार मिनेटपछि च्यासलका लागि हायातोले पहिलो गोल गरी खेललाई २–१ को अवस्थामा पु¥याएका थिए । खेलको ५०औँ मिनेटमा शेर्पाका विजयले व्यक्तिगत तेस्रो गोल गरेका थिए । खेलको अन्तिम समयमा च्यासलका हायातोले व्यक्तिगत दोस्रो गोल गरेता पनि हारबाट भने जोगाउन सकेन् । जितसँगै हिमालयन शेर्पा लिगको ११औँ स्थानमा पुगेको छ भने हारका बाबजुद पनि च्यासल तालिकाको १०औँ स्थानमा कायम राखेको छ ।

त्यस्तैगरि आज एन्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा जाउलाखेल युथ क्लबले फ्रेण्ड्स क्लबलाई १–० गोलले पराजित ग¥यो । दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलको ५८औँ मिनेटमा जाउलाखेलका लागि विदेशी खेलाडी फोडे फोफोनाले निर्णायक गोल गरेका थिए । खेलको ६२औँ मिनेटमा फ्रेण्ड्सका साउलो रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । त्यसपछिको खेलमा फ्रेण्ड्स १० खेलाडीमा सीमित रहन पुग्यो । जितसँगै जाउलाखेल १८ अङ्कका साथ लिगको पाँचौँ स्थानमा उक्लेको छ । हारपछि फ्रेण्ड्स १४ अङ्कसहित लिगको १२औँ स्थानमा छ । आइतबार मनाङमस्र्याङ्दी क्लब र न्यूरोड टिमबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो १ः०० बजे खेल हुदैछ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ११ : १८ बजे