५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अमेरिकाविरुद्ध नेपालको दाेस्राे पटक सानदार जित


२९ माघ २०७६, बुधबार  

0
Shares

२९ माघ ०७६, काठमाडौं । आइ सी सी विश्वको लिग डिभिजन‑ २ को त्रिकोणात्मक सिरिज खेलमा नेपालद्वारा अमेरिका ८ विकेटले पराजित भएको छ ।
टस हारेर ब्याटिङको जिम्मा पाएको अमेरका ३५ रनमा १२ ओभर खेल्दै अलआउट भएको थियो । भने नेपालले दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

त्यस्तैगरि अमेरिकाविरूद्ध सन्दीप एक्लैले ६ विकेट लिएका थिए भने सुसान भारीले ४ विकेट लिएका थिए । अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन बनाएका थिए । अमेरिकाका तीनजना शून्य रनमा आउट भएका हुन् भने दुईजनाले एक, एकजनाले दुई तथा तीनजनाले चार रनमात्र बनाउन सफल भएका थिए ।

३६ रनको झिनो लक्ष्य पछ्याएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल एक रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल शून्य रनमा पेभेलियन फर्किएका थिए । त्यसपछि क्रिजमा आएका पारस खड्का र दीपेन्द्रसिंह ऐरीले नेपाललाई जित दिलाए ।

पारसले एक छक्का र तीन चौकासहित १२ बलमा २० रन जोडे भने दिपेन्द्रऐरीले दुई चौका र एक छक्कासहित ११ बलमा १५ रन बनाएका हन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १२ : ५७ बजे