८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पानीको सतह नाप्न मोबाइल ‘एप्स’


१२ फाल्गुन २०७६, सोमबार  

0
Shares

१२ फाल्गुन ०७६, काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानीको सतहका बारेमा जानकारी दिने मोबाइल ‘एप्स’ शुरुवातगरेको छ ।

पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि सो ‘एप्स’ शुरु गरिएको हो । केयूकेएलले सो एप्सको शुरुआत महाराजगञ्ज शाखाबाट गरिएको जनाएको छ । सो एप्सबाट जुनसुकै स्थानमा बसेरसमेत पानीको परिमाण जान्न सकिने कार्यकारी निर्देशक मिलन शाक्यले बताए । उनलेका अनुसार कति पानीको परिमाण छ भन्ने जानकारी भएपछि त्यसैका आधारमा वितरण गर्न सकिनेछ । मेलम्चीको पानी काठमाडौँ आएपछि सो ‘एप्स’ अझै प्रभावकारी हुनसक्ने उनले बताए । उनले भने, “मेलम्चीको पानी आए पनि खानेपानीको व्यवस्थापन कठिन हुने हुँदा यसले सहयोग गर्न सक्छ ।”

खानेपानीको वितरणलाई व्यवस्थित बनाउन केयूकेएलले प्रविधिको प्रयोग बढाउँदै गएको छ । लिमिटेडले यसको वार्षिकोत्सवमा यो एप्स शुरु गर्दा यससँगै सेवाग्राहीको गुनासो सङ्कलन गर्ने एप्स पनि शुरु गरेको छ । विभिन्न स्थानका पाइपमा रहेका चुहावटसमेत समयमै जानकारी लिनका लागि प्रविधिको प्रयोग गर्ने लिमिटेडले जानकारी दिएको छ ।

त्यस्तैगरी सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी आगामी असारसम्ममा काठमाडौँ उपत्यका ल्याउने तयारी गरिरहँदा लिमिटेडले भने त्यसको व्यवस्थापनका लागि आवश्यक तयारीका काम अघि बढाएको छ । मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, लिमिटेडका प्रतिनिधि रहेको समितिले कुन ठाउँमा कति पानी आवश्यक छ र कसरी त्यसलाई वितरण गर्ने भनी आवश्यक तयारीका काम अघि बढाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।