८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खैरो हेरोइनसहित एक युवती पक्राउ


१२ फाल्गुन २०७६, सोमबार  

0
Shares

१२ फाल्गुन ०७६,काठमाडाैं ।  नेपाल प्रहरीले खैरो हिरोइनसहित एक जनाायुवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४।२६ ग्राम खैरो हिरोइन लुकाएर ल्याएको अवस्थामा झापा शिव सतासी नगरपालिका–११ की २३ वर्षीया वीना डाँगीलाई आइतबार साँझ पक्राउ गरेको हो ।

त्यस्तैगरी महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकी डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।