५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


प्रेमकृष्ण ताम्रकार स्मृति व्याडमिन्टन प्रतियोगिता आयोजना हुने


१२ फाल्गुन २०७६, सोमबार  

0
Shares

१२ फागुन ०७६, ललितपुर । ललितपुर जावलाखेलमा ताम्रकार समाजका संस्थापक अध्यक्ष स्वगीय प्रेमकृष्ण ताम्रकार स्मृती आमन्त्रण व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।
यही चैत्र ८ गते देखि १५ गतेसम्म“प्रेमकृष्ण ताम्रकार स्मृति आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता २०७६”को आयोजना हुने निर्णय भएको समाजका अध्यक्ष रविन्द्र ताम्रकारले ललितपुर खबरलाई जानकारी दिनुभयो ।

प्रतियोगितामा ४५ वर्ष भन्दा माथि उमेरका समूहमा भेट्रान प्रतियोगिता पनि हुनेछ ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयहुने टीमलाई आकर्षक नगद पुरस्कारका साथै शिल्ड तथा मेडल समेत प्रदान गरिने छ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु ताम्रकार समाजभवन, जावलाखेलमा हुनेछन् । अध्यक्ष ताम्रकारका अनुसार प्रतियोगिता निस्पक्ष रुपमा संचालन गर्नका लागी एक प्राविधिक टोलीको समेत गठन गरीएको छ ।

स्व. प्रेमकृष्ण ताम्रकार अन्तराष्ट्रिय स्तरको ब्याडमिन्टन खेलाडीको हुनुहुन्थ्यो । उहांले नेपाल भित्रका प्रमुख प्रतियोगिताहरु त्था एशियन खेलकुदमा समेत नेपालको प्रतिनिधित्व गर्नु भएको थियो । ललितपुर नगरपालिकाको का.मु.प्रमुख को जिम्मेवारी समेत उहाँले सम्हाल्नु भएको थियो ।

समाजका संस्थापक अध्यक्ष स्व. प्रेमकृष्ण ताम्रकारले समाजलाई बीस वर्षसम्म नेतृत्व प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : २९ बजे