८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रधानमन्त्री ओलीलाई पोखरामा स्वागत


१२ फाल्गुन २०७६, सोमबार  

0
Shares

१२ फाल्गुन ०७६, पोखरा । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उहाँ पोखरा आउनुभएको हो । प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्री, प्रदेश मुख्य सचिव हरिप्रसाद बस्याल, प्रजिअ रमेशकुमार केसी, प्रदेशभित्रका सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य, पार्टीका नेतालगायतले स्वागत गर्नुभयो ।

त्यस्तैगरी प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा सभागृहमा हुने प्रशिक्षणमा प्रदेश कमिटीका सम्पूर्ण पदाधिकारी, प्रदेशमा रहेका केन्द्रीय कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी, प्रदेशभित्रका गाउँपालिका, नगरपालिकाका अध्यक्ष एवम् उपाध्यक्षसहित झण्डै एक हजार ४०० जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।