८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सारङ्गीको धुनबाट सात हजार व्यक्तिलाई ट्राफिक सचेतना


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares

१३ फाल्गुन ०७६,काठमाडौं । ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार ७०० व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारङ्गीको धुनबाट सचेतना प्रदान गरेको छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सडक अनुशासन र ट्राफिक नियमसम्बन्धी ज्ञान प्रदान गरिएको जानकारी दिनुभयो ।

त्यस्तैगरी महाशाखाले उपत्यकाको नयाँ बानेश्वर, बागबजार, रत्नपार्क, वीर अस्पताल, नयाँ सडक, कालीमाटी, त्रिपुरेश्वर, नयाँ बसपार्क, कलङ्की, स्वयम्भू, कोटेश्वर, विमानस्थल र जावलाखेल क्षेत्रमा सारङ्गीको धुनमार्फत ट्राफिक जनचेतना फैलाएको छ ।

सारङ्गीको धुनमार्फत हेमराज गन्धर्व, बालाराम गन्धर्व, दिलबहादुर गन्धर्वलगायतले ट्राफिक जनचेतना फैलाउनुभएको थियो । महाशाखाले दैनिक चार चोकमा सारङ्गीमार्फत सचेतना फैलाउँदै आइरहेको छ । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।