१३ फागुन ०७६, पोखरा । सोमबार पोखराको फेवा तालमा डुंगा दुर्घटना भएको छ । पोखराको फेवातालमा डुङ्गा पल्दिँदा काठमाडौंबाट पोखरा पुगेर फेवा तालमा डुंगा भलाइरहेका काठमाडौ महानगर १२ का २५ बर्षिय सुमित भन्ने रामशरण लुइटेल बेपत्ता भएका छन् भने सुविन चालिसे र रुपेश अधिकारीको भने प्रहरीले सकुसल उद्धार गरेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरु आफैले डुङ्गालिएर चलाउदै फेवाताल घुमिरहेका थिए । उनीहरुको डुंगा पल्टिएपछि चिच्चाउको आवाज सुनेर वरपरका डुंगा चालकहरुको हारगुहारपछि प्रहरी उद्धारमा पुगेको एक स्थानीयले बताए ।
प्रहरीले बेपत्ता लुईटेलको खोजीलाई तिब्र बनाएका छन । उद्धारका लागि गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराका रेस्क्यु टिम र नेपाल प्रहरीको टिम परिचालित भएका छन ।
प्रतिक्रिया