८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनकाे मूल्य ताेलामा तीन सय घट्याे


१३ फाल्गुन २०७६, मंगलबार  

442
Shares

१३ फाल्गुन ०७६,काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिंजो सोमवार छापावाल सुन प्रतितोला ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको । आज सुनको मूल्य प्रतितोलामा ३ सय घटेर ८० हजार प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तेजावी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेकोमा आज तेजावी सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तैगरी आज चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।