४ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपकुलपति चित्रकारलाई पत्नीशोक


२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

पत्नी शोकमा परेका उपकुलपति गोपाल चित्रकार ।

२३ फाल्गुन०७६, काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान९नाफा०का उपकुलपति गोपाल चित्रकारलाई पत्नीशोक परेको छ । उनकी ६१ वर्षीया श्रीमती सीताको अर्वुदरोगको उपचारका क्रममा आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको नाफाका कुलपति केके कर्माचार्यले जानकारी दिए ।

उनी करीब तीन वर्षदेखि स्तन अर्बुदरोगले पीडित भएकी थिइन । चित्रकारकी एक छोरी छिन् ।
आजै नै पशुपति आर्यघाटमा स्व चित्रकारको अन्त्येष्टि गरियो । उनको निधनमा कुलपति कर्माचार्य र नाफा परिवारले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।