५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द


२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

२३ फाल्गुन०७६, काठमाडौं । एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ ।थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द भएको छ।

खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् भने सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रहेर एशिया कप छनोटका लागि स्थान बनाएको छ ।त्यस्तै प्रतियोगिताको शीर्ष दुई टोलीले एशिया कप छनोट खेल्न पाउने प्रावधान छ ।
हङकङ र मलेसियाबीच हुने अर्को खेलको विजेता टोलीले एशिया कप छनोटका लागि स्थान बनाउने छ । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।