३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बागलुङमा तामाखानीको सम्भाव्यता अध्ययन


२८ फाल्गुन २०७६, बुधबार  

0
Shares


२८ फागुन ०७६,वागलुङ । बागलुङकोे काठेखोला गाउँपालिका–७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएको भएका छ । दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् ।
स्थानीयवासीले खानीदुलामा तामा निकालेका पाँच वटा गहिरा प्वालसमेत भएकाले तामा खानीको सम्भाव्यता अध्ययन थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ । तामा खानीमा तामाको अवस्था र सम्भावनाका विषयमा दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन थालेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकरी दिनुभयो । “वडाभित्र रहेका स्रोत र साधनको पहिचान गर्ने कार्यक्रमअन्तर्गत तामा खानीको सम्भाव्यता थालेका हौँ”, लामिछानेले भन्नुभयो, “खानीका तामाको अवस्थाका विषयमा ल्याब परीक्षणपछि मात्रै पत्ता लाग्नेछ ।”
खानीलाई उत्खनन गरेर आर्थिक उपार्जन गरी वडालाई समृद्ध बनाउने उद्देश्यले खानीको सम्भाव्यता अध्ययन शुरु गरेको वडा कार्यालयले जनाएको छ । तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी हर्षित भएको वडाध्यक्ष लामिछानेले बताउनुभयो । उहाँका अनुसार वर्षौँदेखि ओझेलमा परेको खानीको उत्खननपछि यस क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ । जिल्लाको काठेखोला गाउँपालिकाको पहलमा खानीको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली झिकाएर अध्ययन थालेको हो । चिनियाँ टोलीले जोम्बिङ इन्ड्रेस्टिलको प्राविधिक सहयोगमा बागलुङ नगरपालिका–९ तित्याङ अडडाँडा, बागलुङ नगरपालिका–११ रायडाँडा तथा काठेखोला गाउँपालिकाको रेशमामा फलाम तथा तामा खानीको सम्भाव्यता अध्ययन गरिरहेको छ ।
बागलुङ नगरपालिका–९ तित्याङस्थित अडडाँडामा तामा खानी उत्खननका लागि चिनियाँ प्राविधिक टोली आएर खानीको भित्रि तहमा तामाको अवस्थाको अध्ययन तथा खानी खन्ने काम गरिरहेको वडाध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । उक्त टोलीले जोम्बिङ इन्ड्रेस्टिलको प्राविधिक सहयोगमा नेपालको शुभम् ग्रुपसँग मिलेर तामा खानीको अध्ययन गर्न बागलुङ आएको हो । अडडाँडामा तामा खानीको प्रचुर सम्भावना रहेको भन्दै तामा खानीको उत्खननसमेत थालिसकेको ग्रुपका प्रतिनिधि सूर्य अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तित्याङ र रेशबाट ठूलो परिणाममा तामा निकाल्न सकिएमा स्थानीय तहलाई फाइदा पुग्ने बताउनुभयो । बागलुङ जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा परम्परागत तरिकाले तामा तथा फलामखानी सञ्चालनमा आए पनि पछिल्लो समय बन्द भएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : ५२ बजे