v/n] 5fPsf] 3/ bdf}nL, @( kmfu’g M tgx’Fsf] cfFa’v}/]gL ufpFkflnsf% nfAbLdf v/n] 5fPsf] cfsif{s 3/ . u|fdL0f e]udf klg kSsL 3/ agfpg] k|rng z’? ePkl5 o:tf k/Dk/fut 3/x? nf]k x’Fb}5g . t:jL/ M s[i0f Gof}kfg]÷/f;;३० फागुन ०७६,वाग्लुङ्ग। काठेखोला गाउँपालिका–७ ले बिहीबार रेशका २४ घरलाई जस्तापाता प्रदान ग¥यो । गत आवमा वडाकै सहयोगमा खरले छाएका विपन्न परिवारका ३० घरमा जस्तापाता हालिएको थियो । वडामा खरको छाना भएका ७२ घरधुरी थिए । “यो वर्ष वडामा भएका सबै खरका छाना फेर्छौं”, वडाध्यक्ष प्रेम लामिछानेले भन्नुभयो, “विपन्न, एकल महिला र दलित समुदायको खरको छानो विस्थापित गर्ने योजना छ ।” उहाँका अनुसार १८ घरको छानो फेर्न बाँकी छ । खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई वडाले सुरक्षित छानोमुनि ल्याउन लागेको हो । ढुङ्गा या जस्तापाता हालिएको र अर्को खरले छाएको गरी दुई घर भएका परिवारलाई भने वडाको सहयोग छैन । सक्ने परिवारले आफ्नै खर्चमा जस्तापाताले घर छाउन थालेका छन् । गाउँलेसँग मिलेर जस्तापाताले छानो छाउने काम गरिएको वडाध्यक्ष लामिछानेले बताउनुभयो । जस्तापाता खरिद, ढुवानीमा वडा कार्यालयले लगानी गरेको छ भने जस्तापाता सम्बन्धित परिवारले आफँै हाल्छन् । घरको छानो भएका परिवार वर्षौंदेखि विभिन्न समस्या झेल्न बाध्य थिए । आर्थिक विपन्नताका कारण छानो छाउन नसकेका परिवारलाई वडा कार्यालय सहारा बनेको छ । जस्तापाताको छानोले बास सुरक्षित हुने भएपछि वडावासी खुशी छन् । खरका छाना हटाउने योजनाका लागि हालसम्म वडाको रु १८ लाख बजेट खर्च भइसकेको छ । वडा नंं २ भीमापोखरामा पनि खरका छाना विस्थापित गर्ने कार्यले तीव्रता पाएको छ । गत आर्थिक वर्षमा २४ घरका छाना जस्तापाताले छाइएको वडा कार्यालयले जनाएको छ । चालू आवमा थप १७ विपन्न परिवारलाई जस्तापाता निःशुल्क प्रदान गरिएको छ । वडा कार्यालयले यो वर्ष जस्तापाता वितरण गर्नका लागि रु छ लाख बजेट छुट्याएको थियो । वडाभित्र ५५ खरले छाएका घर भएकामा आगामी वर्ष सबै खरका छानामा जस्तापाता हालिने भएको छ । बागलुङ नगरपालिकाले हालै ‘जनता सुरक्षित आवास’ कार्यक्रमअन्तर्गत ४० विपन्न परिवारलाई घर छाउनका लागि जस्तापाता वितरण गरेको थियो । चौधवटै वडामा रहेका खरका छाना विस्थापित गर्ने नगरपालिकाको योजना छ । उक्त योजनाका लागि नगरले चालू आवमा रु १५ लाख बजेट छुट्याएको थियो । आगामी वर्ष पनि जस्तापाता वितरण गर्ने कार्यले निरन्तरता पाउने नगरपालिकाले जनाएको छ । वर्षौंदेखि खरको छानोमुनि कष्टकररुपमा जीवनयापन गर्दै आएका विपन्न परिवारका छाना फेर्न स्थानीय तहले लगानी गरेका हुन् । जिल्लाका दशै वटा स्थानीय तहमा खरका छाना विस्थापित गर्न अभियान थालिएको छ । रङ्गीचङ्गी जस्तापाता पाएपछि गाउँ, बस्तीमा रहेका विपन्न परिवारका घरले विस्तारै मुहार फेर्दैछन् । गण्डकी प्रदेशमा गरिबी बढी भएको जिल्लामध्येमा बागलुङ पनि पर्छ । जिल्लाभर रहेका खरका छाना फेर्न भने आउँदा केही वर्ष कुर्नुपर्ने देखिन्छ । गाउँघरमा अहिले पनि खरले छाएका घरगोठ धेरै छन् । –––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज
प्रकाशित मिति :
३० फाल्गुन २०७६, शुक्रबार ९ :
२८ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया