६ चैत्र ०७६, काठमाडौ । पछिल्लो समयमा विश्वव्यापी स्वास्थ्य सङ्कट घोषित भएको कोभिड–१९ को कोरोनाभाइरसबाट बच्न जति सावधानीका कुरा आएका छन् उति नै भ्रामक र त्रास फैलाउने खालका भिडियो लगायतका समाचारहरु पनि भाइरल भैरहेका छन ।
यस अवस्थामा भ्रामक समाचारलाई चिर्न तथा चीनको उहान शहरमा उक्त कोरोना भाइरसको महामारी नियन्त्रणकालागि के के गरिएको थियो भन्नेबारे चीन ग्लोबल टेलिभिजन नेटवर्कले तथ्यगत डक्यूमेन्ट्री तयार गरेका छन ।
“उहान २४ घण्टा“ शिर्षकको उक्त डक्यूमेन्ट्री नेपालमा अरनिको समाजको पहलमा प्रदर्शन हुने भएको छ । उक्त डक्यूमेन्ट्रीको भाग १ यही आउँदो आईतबार चैत्र ९ राति ९ः१५ बजे र भाग २ चैत्र १६ गते ९ः१५ बजे प्रशारण हुने अरनिको समाजका राजेन महर्जनले जानकारी दिएका छन । कार्यक्रमको पुन प्रशारण चैत्र १० र १७ गते सोमवार १ः१५ बजे ईन्डिजिनिस टेलिभिजनमा हुनेछ ।
उक्त डक्यूमेन्ट्री नेपालमण्डल टेलिभिजनबाट पनि प्रशारण हुने बताउँदै महर्जनले भने, “नेपालमा कोरोना भाइरस फैलिन नदिन आवश्यक संयमता, सामूहिक पहल र तथ्यगत सचेतनामा अभिबृद्धि गर्न सहयोग पुग्ने देखेर अरनिको समाजले यसमा पहलकदमी लिएको हो, सबैले हर्न नछुटाउनु होला ।“
नेपालमा कोरोना भाइरसको संक्रमण आइनसकेको बताइए पनि विश्व स्वास्थ्य संगठन ध्ज्इ कोभिड–१९ को महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन नदिन तत्काल प्रभावकारी प्रयास थाल्नुपर्ने चेतावनी दिएका छन ।
अर्कोतर्फ सुरुमा देखा परेको मुलुक चीनमा अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
सङ्क्रमण सबैभन्दा उच्च विन्दुमा पुग्दा चीनले कठोर क्वारन्टीन लागू गरेको थियो र भाइरस फैलनबाट रोक्न आवतजावत नियन्त्रणबारे कडा व्यवस्था लागु गरेको थियो।
कोरोनाबाट उम्कँदै गएको चीनले नेपाललाई यसबाट बच्न र नियन्त्रणका लागि तत्काल चाहिने सहयोग तत्परता जनाइसकेका छन । परराष्ट्र मन्त्रालयका उच्च प्रतिनिधिलाई चीनको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासहित त्यस्तो सोधनी भएको मन्त्रालयले पनि जनाएको छ ।
कोरोना भाइरससँगको लडाइँमा नेपाल र चीन एक रहेको सन्देश दिँदै चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँग विभिन्न योजनामा काम गर्न इच्छुक रहेको प्रतिक्रिया यसअघि नै प्रधानमन्त्री ओलीलाई दिइसक्नुभएको छ ।
ज्यानुअरी यता चिनियाँ मूलभूमिमा ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएकोमा ३ हजार २२५ जनाले ज्यान गुमाएका छन् भने ७० हजार भन्दा बढी निको भएका छन् ।
डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल सिंहका अनुसार तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी देखिएको छ ।
यस मध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । यो मध्ये सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना रहेका छन् । यसैगरी इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्रमित भेटिएका छन् ।
यस्तै नेपाल र भुटानमा पनि १–१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले जनाएकोे छ । यद्यपि नेपालमा संक्रमित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारको दावी छ ।
६ चैत्र २०७६, बिहिबार
0
Shares
प्रतिक्रिया