२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वागमती सफाई अभियानकर्मीको ध्यान कोरोना जनचेतनातर्फ


८ चैत्र २०७६, शनिबार  

0
Shares

नदि किनारमा थुप्रिएको फोहोर ।

८ चैत्र ०७६, काठमाडौ । कोरोना (कोभिड–१९) बाट बच्न वाग्मती सफाइ महाअभियानले सिनामङ्गल क्षेत्रमा ३५८औँ हप्ताको सफाइ गरेको छ । पूर्वसचिव किशोर थापाको नेतृत्वमा करिब १०० जनाभन्दा बढी अभियानकर्मी वाग्मती किनारमा उपस्थित भई २५ जनाभन्दा साना पाँच वटा समूह बनाई नदी किनारमा सफाइसँगै जनचेतनामूलक सन्देश प्रवाह गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।
सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो । काठमाडौँ महानगरपालिकाको फोहर बोक्ने गाडी फोहर लिन नआएकाले सिनामङ्गल पुल छेउमा थुपारिएको पनि उहाँले बताउनुभयो । विगत केही हप्तादेखि महानगरपालिकको फोहर बोक्ने गाडी नआउँदा कोरोनाको सङ्क्रमण फैलिएको बेला समस्या हुनसक्ने भए पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।
सफाइमा महानगरपालिका वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत जनप्रतिनिधिको पनि सहभागिता थियो । वडाका तर्फबाट पनि कोरोनाबाट बच्न चेतना अभिवृद्धिका काम भइरहेको उहाँले सुनाउनुभयो । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानकर्मीले गोठाटारस्थित छाडा छोडिएका गाईबाच्छा संरक्षण स्थलमा सफाइ गरेको अभियानकर्मी ईश्वर पुडासैनीले बताउनुभयो ।
वाग्मती सुन्दरता सरोकार मञ्चको सक्रियतामा भएको यस क्षेत्रको वाग्मती सफाइ अभियानको ३१९औँ हप्तामा कोरोनाको त्रासका कारण धेरै अभियानकर्मीलाई फिर्ता गरिएको उहाँले सुनाउनुभयो । यसैगरी चक्रपथको उत्तरी भेगमा जारी सफाइ अभियानले नयाँ बसपार्कबाट उपत्यका बाहिरिन लागेका यात्रुलाई बस बसमा छिरेर मास्क, पञ्जा लगाउने, हात धुने, स्यानिटाइजर लगाउनेलगायत चेतनामूलक अभियान फैल्याएको अभियानकर्मी लोकबहादुर टण्डनले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ३ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।