१२ चैत ०७६, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज गरेपछि उत्ति नै बोनस दिने निर्णय गरेको छ । सरकारले एक्कासी लकडाउन गरेपछि बजारमा रिचार्ज कार्ड अभाव भइरहँदा उपभोक्तालाई राहत मिल्ने भएको छ ।
निर्णय बुधबार रातको १२ बजेपछि मात्रै लागू हुनेछ । नेपाल दूरसञ्चार प्राधिकरणल अप््यारो परिस्थितीमा रिचार्ज बराबर बोनस र सापी सुविधा दिन निर्देशन दिएपछि नेपाल टेलिकमको यो र्निाय आएको हो ।
लक डाउनपछि उपभोक्ता घर बाहिर निस्कन नपाउने अवस्थाका कारण धेरै उपभोक्ताहरुलाई समस्या छ ।
टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने बताउनु भयो ।
१२ चैत्र २०७६, बुधबार
0
Shares
प्रतिक्रिया