४ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दाङमा भेटिए अर्का संक्रमित, जम्मा संक्रमित ४ सय ५४


८ जेष्ठ २०७७, बिहिबार  

0
Shares


८पुस ०७७, दाङ्ग । कोभिड –१९ को संक्रमण दाङका एक जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज पिसिआर परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएको बताउनुभयो ।
संक्रमित घोराही उपमहानगरपालिका वडा नंं ३ का ३७ वर्षीय पुरुष हुन् । यसअघि आज मात्रै २६ जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म संक्रमित ४५४ जना पुगेका छन् । कोभिड –१९ को संक्रमणबाट नेपालमा आजसम्म तीन जनाको मृत्यु भएको छ । उहाँका अनुसार संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
घोराही–कोरोना संक्रमण पुष्टि भएका पुरूष घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्वारेन्टाइनमा छन् । उनी यही जेठ ५ गते भारतको दिल्लीबाट आएको नगरप्रमुख नरूलाल चौधरीले जानकारी दिनुभयो । “कोरोना संक्रमण देखिएका व्यक्ति भारतको दिल्लीबाट आएको भन्ने सूचना पाएका छौंँ, उनको सम्पर्कमा रहेकाहरुको खोजी गर्ने काम शुरु भएको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो ।
संक्रमितसँगै क्वारेन्टिनमा पाँच जना आएका थिए । ती पुरूषमा कोरोना संक्रमण देखिएसँगै कुइरेपानीको क्वारेन्टिन बन्द गरिएको छ । यससँगै दाङमा तीन जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का दुई पुरूषमा कोरोना पुष्टि भएको थियो । उनीहरूको अहिले कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।