३ असार ०७७, बागलुङ । आजकल जहाँत्याही भ्यूटावर बनाउने चलन शुरु भएको छ । पहाडका चुचुरोमा आधुनिक सेमेन्ट प्रयोग गरेर भ्यूटावर निर्माण भइरहेका छन् ।
बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा पर्यटकलाई लक्षित गरी स्थानीयवासीको पहलमा रु एक करोडको लागतमा भकुण्डे भ्यूटावर निर्माण गरिएको छ । भ्यूटावरबाट सूर्योदय तथा दुई दर्जन हिमश्रृङ्खला देख्न सकिन्छ । भ्यूटावर सिमेन्ट रडको मात्रै होइन टिलिक्क टल्कने शिशा पनि राखिएको छ ।
इो सुन्दर तस्विर राष्ट्रिय समाचार समितीका लाागि संवाददाता खेमराज गौतमले खिच्नु भएको हो ।
३ असार २०७७, बुधबार
0
Shares
प्रतिक्रिया