४ असार २०८२, बुधबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पाटन नगरपालिकाका बजार १५ गतेसम्म सिल


८ असार २०७७, सोमबार  

0
Shares


८ असार ०७७, बैतडी । कोरोना सङ्क्रमित बढन थालेपछि बैतडीको पाटन नगरपालिका भित्रका बजार क्षेत्रलाई आजदेखि सिल गरिएको छ । सर्वपक्षीय बैठकले नगरका बजार क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
कोरोनाका बिरामी बढ्दै गएपछि सङ्क्रमणको जोखिम बढ्ने भएकाले बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । लकडाउन खुकुलो भएसँगै बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम न्यूनीकरण गर्न उक्त कदम चालिएको हो । उहाँले भन्नुभयो, “ नागरिकको जीवन रक्षाका लागि यो कदम उठाइएको हो ।” नगरपालिकाको पाटन, मानिकाखान, खोड्पे लगायतका बजार क्षेत्र असार १५ गतेसम्म सिल गरिएका हुन् । निर्णय उल्लङ्घन गरेमा जरिवना गरिनेछ ।
नगरपालिकाका आठ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । एक जना निको भएर घर फर्केका छन् । बाँकी ७ जना आइसोलेशनमा बसिरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । नगरपालिकाभित्रका बैंक तथा वित्तीय संस्थालाई आइतबार, सोमबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म मात्रै खोल्न नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।