
१९ असार ०७७, जेनेभा (रासस,एएनआई) ः अमेरिकामा बिहीबार मात्रै ५३ हजार नयाँ संक्रमित थपिएका छन् । अमेरिमा एकैदिन यतिधेरै संक्रमित थपिएको यो पहिलो घटना हो । अमेरिकी पत्रिका वासिङटन पोष्टले लेखेको समाचार अनुसार बिहीबार फ्लोरिडा राज्यमा मात्र १० हजार १०९ जना नयाँ संक्रमित देखिएका छन् । अमेरिकामा एकै राज्यमा धेरै संक्रमित फ्लोरिडामा देखिएका हुन् । अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीले बिहीबारको तथ्यांकमा जनाएअनुसार अहिलेसम्म यहाँ २७ लाख ३२ हजार ६३९ जना संक्रमित पुगेका छन् ।
त्यस संक्रमणबाट यहाँ १ लाख २८ हजार ६४३ जनाको मृत्यु भइसकेको छ । बिहीबारसम्म विश्वमा यस संक्रमणबाट एक करोड भन्दा बढी मानिस संक्रमित भएका छन् भने पाँच लाख भन्दा बढी मानिसको ज्यान गएको छ ।
प्रतिक्रिया