१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अश्लील गीत गाउदै मनाइयो घण्टाकर्ण पर्व


४ श्रावण २०७७, आइतबार  

0
Shares

इलामको मुख्यबजार चोकमा राखिएको (घन्टाकर्ण) गठेमङगल । आज दिनभर ठडयाइएको नर्कटबाट निर्मित गठेमङगललाई साँझपख नदीमा लगेर विसर्जन गरिन्छ । तस्बिरः टीका खतिवडा\रासस
४ साउन ०७७, भक्तपुर । कोरोनाको कहर र झरीका बीच भक्तपुरमा आज घण्टाकर्ण अर्थात् गथांमुग पर्वमा अश्लील गीत गाउदै गथांमुगको दहन गरेर मनाएका छन् ।
गथांमुगको भीमकाय शरीरमा लिङ्गस्वरुप तस्बिर टाँसिएको थियो भने केही ठाउँमा काठको लिङ्ग र दुई भोगटेको अण्डकोष राखिएको थियो । कतैै महिला गथांमुगः बनाएर योनीसमेत बनाउने देख्न सकिन्थ्यो । गथांमुगः दहनका बेला महिला र पुरुषको सम्भोग आवश्यक छ भन्ने भाव झल्किने गीतसमेत गाउने चलन छ ।
किसानले रोपाइँ गर्न शक्तिशाली गथांमुग राक्षसलाई बोलाउने गरेको र अहिलेको समयलाई धान रोपेर किसान आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुगः दहन गरिने परम्परा रहेको मानिन्छ । यो पर्वलाई यौन शिक्षा दिने पर्वका रुपमा पनि लिइन्छ भने गथांमुगः दहन गर्न लैजाँदा अश्लील गीत गाउने गरिन्छ ।
भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै पर्व मनाउन आह्वान गरे पनि स्थानीयले भने घण्टाकर्ण बनाएरै गथांमुग पर्व मनाएका छन् । यो पर्वसँगै नेवार समुदायमा जात्रापर्वको माहोल शुरु हुने परम्परा छ । त्यसैले भक्तपुरको चोकचोकमा गथांमुग दहन गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ३४ बजे