४ असार २०८२, बुधबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोटो पत्रकारिता पुरस्कारबाट पहिलोपल्ट महिला पुरस्कृत


१ भाद्र २०७७, सोमबार  

0
Shares


०१ भदौँ ०७७, पर्सा । यस बर्षको सुवोध स्मृती फोटो पत्रकारिता पुरस्कार २०७७ कविता खड्काले प्राप्त गरेकी छिन् । प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार खड्का पुरस्कृत भएकी हुन् ।
वीरगंजबाट प्रकाशित प्रतीक दैनिको ३४ औँ वार्षिकोत्सवको अवसरमा यसबर्ष प्रतीक दैनिकको कार्यालयमा आयोजित कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक जग्दीश शर्माले २५ हजार रुपियाँ पुरस्कारसहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेका छन् । हेरक वर्ष छनोट भएका एकजनालाई पुरस्कृत गर्दै आएको पुरस्कार मध्य नेपाल पत्रिकाकी कविता खड्कालाई प्रदान गरिएको हो ।
२०७३ सालदेखी मध्य नेपाल सन्देश पत्रिका र मध्य नेपाल अनलाईन आफ्नौँ नेतृत्वमा सञ्चालन गर्दै आएकी पत्रकार कविता खड्का विगत ३ वर्षदेखी निरन्तर प्रतिश्पर्धामा सामिल हुदैँ आए पनि यसवर्ष आफु पुरस्कृत भएकोमा ज्यादै खुशी लागेको बताईन् । पुरस्कारले निरन्तर लागि रहन् प्रेरित गर्ने उनले भनाई थियो ।
कोरोना कहर तथा लकडाउन भएकोले प्रतीक दैनिकको कार्यालयमा कार्यालयलाई निसंक्रमित गरेर ग्लब्स, मास्क लगाई स्वास्थ्य र सुरक्षाको मापदण्ड पूरा गर्दै कार्यालय कर्मचारी र पुरस्कृत व्यक्तिहरूको मात्र सहभागितामा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको प्रधान सम्पादक तथा सुवोध स्मृति प्रतिष्ठानका अध्यक्ष जगदिश शर्माले बताए ।
पत्रकार जगतको कलम नरुकुन र पत्रकारिता पुरस्कारले लगन, मेहनत र प्रोत्साहन पाईरहुन् भन्ने उदेश्यले कार्यक्रम गरिएको शर्माले बताएका छन् ।
यसअघि यो पुरस्कार राम सर्राफ, राम क्षेत्री, उत्तम खडगी, जीतलाल श्रेष्ठ, मनीष पौडैल, जियालाल साह, प्रवीण मानन्धर, प्रणय साह, विजय चौहान, अरविन्द अमात्य, पंकज श्रेष्ठले प्राप्त गरेका छन् ।
यसैगरी कोरोनाको महामारीको समयमा जोखिम मोलेर अहोरात्र सेवा गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई समेत सम्मान गरेको थियो । वार्षिकोत्सवको अवसरमा टोलमा सरसफाई गर्दै आएका सफाइ नाइके अयोध्याप्रसाद तत्वासहित ६ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
यस क्रममा स्वास्थ्यकर्मी प्रतिनिधिका रूपमा कालिका मेडिकल हालकी सञ्चालिका मीना बटाला, पत्रकार शेखर छतकुली, सामुदायिक सेवा केन्द्र मुर्लीका प्रसनि इनाकुमारी बडाल, प्रहरी जवान रविकुमार सिंह, फन एन्ड फनका बृजेश अग्रवाल, क्षीरसागर स्वीट्सका सुबोध सिंहलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १२ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।