
१९ भदौ ०७७, ललितपुर । विहीबार ललितपुरको पुल्चोकमा निषेधाज्ञाको समयमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा फोटोपत्रकारहरु घाइते भएपछि पिजे क्लवले विज्ञप्ती निकालेर स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्ने वातावरण बनाउन माग गरेको छ ।
बिहीबार पुल्चोकमा भेला भएका स्थानीयवासीको प्रहरीसँग भएको झडपको तस्बिर सङ्कलन तथा सम्प्रेषण गर्न गएका फोटोपत्रकारहरु घाइते भएको जनाएको छ । झडपमा एएफपीका प्रकाश माथेमा, एपीका निरञ्जन श्रेष्ठ, अन्नपूर्ण पोस्टका सुनिता डङ्गोल, द हिमालयन टाइम्सका स्कन्द गौतम र प्रतीक रायमाझी घाइते भएका थिए । “चौथो अङ्ग मानिएको सञ्चार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न र संयमित भई सहज वातावरण बनाउन पनि सम्बन्धित सबैमा फोटोपत्रकार क्लब नेपाल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।







प्रतिक्रिया