२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


दशैं तिहारमा टेलिकमको अफरै अफर


२९ आश्विन २०७७, बिहिबार  

0
Shares

२९ असोज ०७७,काठमाडौं । नेपाल टेलिकमले दशैं तिहारलगायतको चाड पर्वहरुको अवसर पारेर मोबाइल सेवामा समर अफर ल्याएको छ । अफर असोज २९ देखि ९० दिनसम्म कायम हुनेछ ।
टेलिकमले ल्याएको चाडपर्वहरुको सन्दर्भमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका लागि ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्मका लागि ‘तिहार अफर’ ल्याइएको बताएको छ ।
टेलिकमले ल्याएको सोसल मिडिया प्याक उपयोगी देखिन्छ। तीन दिनसम्म चलाउन मिल्ने यो अफर ५५ रुपैयाँमा युट्युब र फेसबुक जुनसुकै बेलासम्म निरन्तर चलाउन पाइन्छ ।
यी अफर किनेपछि १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एडअन प्याक पनि किन्न पाइने टेलिकमले जनाएको छ ।

टेलिकमले ४० रुपैयाँमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध छ । १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल समेत उपलव्ध छ ।
साथै अलटाइम भ्वाइस प्याकअन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि भ्वाइस प्याक यथावत् रूपमा उपलब्ध हुनेछन् ।
राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि जारी रहने टेलिकमले जनाएको छ ।
‘वान डे डाटा प्याक’अन्तर्गत १५ रुपैयाँमा जुनसुकै समय चलाउन पाइने १०० एमबी प्राप्त गर्न सकिनेछ। त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ५०० एमबी प्राप्त गर्न सकिनेछ।
वान डे डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने गरी १० रुपैयाँमा १२० एमबी र १८ रुपैयाँमा यो प्याकेज १५ रुपैयाँमै उपलब्ध टेलिकमले जनाएको छ।

फेस्टिभल अफरअन्तर्गत दसैंरतिहार र छठ पर्वलाई समेत समेटी जीएसएमरसीडीएमए मोबाइल रिचार्जमा अतिरिक्त मिनेट बोनसका उपलब्ध हुनेछ । यसमा रिचार्ज कार्डबाट ५० रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ।
रिचार्ज कार्डबाट १०० वा एमपोसबाट ५१ देखि १०० रुपैयाँसम्मको रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ ।
रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ देखि २०० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

रिचार्ज कार्डबाट ५०० वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट १००० वा एमपोसबाट १००० हजार वा यसभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुने नेपाल टेलिकमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ११ : ३८ बजे