३१ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘निशान छापमा प्रयुक्त नक्शामा सबै भाग देख्न सकिन्छ’


७ कार्तिक २०७७, शुक्रबार  

0
Shares


७ कात्तिक ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा गरेको ट्वीटमा शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने प्रेस सल्लाहकार सूर्य थापाले बताएृका छन् । नक्शाको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक भएको र केही ठूलो आकारको सोही नक्शामा सबै प्रष्ट देख्न सकिने जनाउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजिएको जनाएका छन् ।
थापाले आज जारी गरकोे प्रेस नोटमा लिम्पियाधुरासहितको नेपालको नक्शा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्शाको औपचारिक प्रयोगका लागि संसद्को सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो र तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्री ओलीकै दृढ र साहसिक नेतृत्वमा चालिएको स्मरण गराइएको छ ।


“अहिले यस विषयमा योजनबद्ध रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ । त्यस्तो कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावमा हार्दिक अनुरोध गर्न चाहन्छु” ,नोटमा भनिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।