२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देशभर हल्का वर्षाको सम्भावना


१८ कार्तिक २०७७, मंगलबार  

0
Shares


१८ कात्तिक ०७७, काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ । पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रभाव बुधबार बेलुकासम्म कायम रहने बताइएको छ ।
मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौँ उपत्यकामा बुधबारसम्म केही समय घाम लाग्ने र फेरि बदली हुने क्रम चलिरहने छ । हाल प्रदेश नं १, प्रदेश नं २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहने ऊर्जा जल तथा सिंचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २७ दशमलव ७ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३५ दशमलव ४ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  २ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।