२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मृत्यु भएको पाँच महिनापछि अन्त्येष्टि


४ मंसिर २०७७, बिहिबार  

0
Shares

४ मंसिर ०७७, मेची । मेचीनगर नगरपालिका वडा नं १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स ९युएई० मा बुधबार अन्त्येष्टि गरिएको छ । युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उहाँको हृदयाघातबाट मृत्यु भएको थियो । लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ सङ्कलन गरेका थिए । नेपाली समाज युएईको पहलमा मृतकको अन्त्येष्टि गरिएको जनाइएको छ । यसका लागि मेचीनगरमा रहेकी उनकी छोरी रीतु र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति दिएको युएईमा रहेका सञ्चारकर्मी रामप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् ।

वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गत वर्ष २०१९ नोभेम्बर महिनातिर खेमामा रहेको प्रिमियर प्रोजेक्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका थिऐ । उनले २०१९ को नोभेम्बर १३ मा ०४५०३३३५० नम्बरको श्रम स्वीकृति लिएका थिए । उनले युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट ७६७७०२६९८१ नम्बरको बीमा पोलिसी लिएको पाइएको छ । बीमाको म्याद २०२२ अक्टोबर ५ सम्म रहेको सञ्चारकर्मी ढुङ्गानाले बताए । थापा रास अल खेमाको नखिल भन्ने स्थानमा नेपालीसँग मिलेर कोठा भाडामा बसेका थिए । उनलाई अपराह्न २ बजेतिर कोठामै मृत भेटिएको बताइएको छ । नेपालीसँगसँगै बसे पनि साथीलाई उनले आफ्नो घर ठेगानाबारे खुलाएका  थिएनन् । उनको राहदानी पनि लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।