२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मौसम बुलेटिन ः हल्का बर्षाको सम्भावना


६ मंसिर २०७७, शनिबार  

0
Shares


६ मंसिर ०७७, ललितपुर । राजधानीलगायत देशभर चिसो बढेसँगै मौसममा गढबढी आइरहेको छ ।
मौसम विज्ञान विभागका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको छ ।
विभागले शनिबार ३ दिनको मौसम पुर्वानुमान प्रकाशन गदै अहिले उल्लेखनिय मौसमी प्रणाली नरहेको बताएको छ ।


शुक्रबार दिउसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भ–ूभागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागले जारी गरेको मौसम बुलेटिन यस प्रकार छ ः

मौसम विश्लेषण
हाल देशमा उल्लेखनिय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था ः
हाल देशको पहाडी भू(भागमा आंशिक बदली रहेको छ। देशका अन्य भू(भागमा मौसम सामान्यता सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर ०६ गते (शनिबार)ः
दिउँसो ः प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती ः प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
मंसिर ७ गते (आइतबार)
दिउँसो ः देशको पहाडी भू(भागमा आंशिक बदली रही बांकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती ः देशको सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू(भागमा मौसम सामान्यता सफा रहनेछ।
मंसिर ८ गते (सोमबार)
दिउँसो ः देशको सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू(भागमा मौसम सामान्यता सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती ः देशको सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू(भागमा मौसम सामान्यता सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु(भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ११ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।