१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज ठूली एकादशीका दिन सार्वजनिक बिदा


११ मंसिर २०७७, बिहिबार  

0
Shares

११ मंसिर ०७७, सिन्धुली । दुधौली नगरपालिकाले ठूली एकादशीमा सार्वजनिक बिदा दिएको छ । यस दिन दुधौली नगरपालिकामा बसोबास गर्ने दनुवार समुदायले धुमधामका साथ एकादशी पर्व मनाउने भएकाले नगरपालिकाले स्थानीय बिदा दिएको हो । नगरपालिकामा ठूलो सङ्ख्यामा बसोबास गर्ने दनुवार समुदायले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरेको हुँदा नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिएका छन् ।

जिल्लाका दनुवार समुदायले विगत केही वर्षदेखि बरकी एकादशी पर्व खुल्ला कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाउँदै आए पनि यस वर्ष कोरोनाका कारण आ–आफ्नो घरमा सुरक्षित तरिकाले मनाउने निर्णय भएको दनुवार जागरण समिति सिन्धुलीले जनाएको छ ।

कोरोनाका कारण नेपाल सरकारले भेला, समारोह, खुला मञ्चमा कार्यक्रम गर्न रोक लगाएकाले यस वर्षको बरकी एकादशी पर्वको कार्यक्रम आ–आफ्नो घरमा मात्रै सीमित राखेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सुरक्षितसँग मनाउने निर्णय भएको दनुवार जागरण समिति सिन्धुलीका अध्यक्ष नारायण अधिकारी दनुवारले बताए ।

–––

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १२ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।