
१५ मङ्सिर ०७७, काठमाडौं । सोमबार छुटटा छुट्टै स्थानमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौ महानगरपालिका २६ कपुरधारा कसकेली मार्गस्थित ओरालोमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित होटल होमको कोठा नम्बर १०३ मा दोलखा भिमेश्वर नगरपालिका घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय कृष्ण खाती सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका थिए ।
साथै रौतहट, माधवनारायण नगरपालिका ५ मिठुअवा बस्ने ५० वर्षीय दशै राम सोही नगरपालिका ४ मानपुरस्थित बाँस घारीमा सोमबार मृत परेका प्रहरीले बताएको छ ।
१६ मंसिर २०७७, मंगलबार
0
Shares








प्रतिक्रिया