
१८ मंसिर ०७७,कैलाली । कैलालीको गोदावरी नगरपालिकामा जन्तीको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएको समाचार छ । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार गाडी बुधबार राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका हुन् ।
बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २ सय मिटर तल खसेछि बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् । बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।
यी घाइतेमध्ये दुई जनाको अवस्था ज्यादै गम्भीर रहेको बताइएको छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ । रासस








प्रतिक्रिया