१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


धमाधम बन्दैछ गोदावरी सडक (तस्विरहरु)


२२ मंसिर २०७७, सोमबार  

0
Shares


ललितपुर खबर
२२ मंसिर ०७७, गोदावरी । ललितपुरको टौखेलदेखि गोदावरी वसपार्कसम्म सडक विस्तार धमाधम भइरहेको छ । गोदावरीमा ३ हजार सिट क्षमताको सभाहल निर्माणपछि केन्द्रको विशेष चासो रहेकोले पनि यस सडक बनाउन दवाव छ ।
गोदावरी ३ का वडाध्यक्ष वालमुकुन्द घिमिरेले सडक विस्तारको काम अन्तिम चरणमा पुगेको बताए । घिमिरेले ८० प्रतिशत सडक फराकिलो भएको जानकारी दिए उनले भने, ‘कतिपय सडक नजिकका घर भत्काउन मुआव्जा वितरण नहुँदा र ठेकेदारले काम नगर्दा २० प्रतिशत काम अधुरो छ ।’


२२ मिटरको सरकारी मापदण्ड भए पनि त्यसलाई कम गरेर पनि सडक निर्माण अघि बढाउन स्थानीयवासी, गोदावरी नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभाका संसद्को सहमतिपछि यो सडक विस्तार सुरु गरिएको थियो । टौखेलदेखि गोदावरी कुण्डसम्म १६ मिटर सडक विस्तार भएपछि स्थानीयबासी सडक बनाउन दिन सहमत भएका हुन् । यद्यपी स्थानीयबासिन्दाले स्वइच्छाले छोडेको मनोक्रान्तिदेखि रामचन्द्र मन्दिरसम्म २२ मिटर नै सडक विस्तार हुँदेछ भने बसपार्क देखि मोती चौरसम्म सरकारी जग्गा रहेकोले २२ मिटर नै विस्तार हुने वडाध्यक्ष घिमिरेले बताए ।


उनका अनुसार यस सडकमा ढल राखि सकिएको छ । फुटपाथ २२ मिटर भएको ठाँउमा मात्रै बन्नेछ । अन्त बन्दैन ।
सडक विस्तारको क्रममा विरोधको स्वर पनि सुनिएको वडाध्यक्ष घिमिरे वताउछन् । अहिलेसम्म घरको मुआव्जा वितरण नभएपछि घर भत्काउन सकिएको छैन । उनले भने, हामीले जग्गाको सवालमा अरु ठाँउमा क्षतिपूर्ति दिएको खण्डमा हामीले पहल गछौं भनेका छौं तर घरको क्षतिपूर्ति नदिई हामीले नभत्काइका छौनौं ।
यस सडक विस्तारको समयावधि यही मंसिर मसान्तसम्म छ । विशेष कारणले २ महिला म्याद थप्ने कुराकानी भएको वडाध्यक्ष घिमिरेले बताएका छन् ।


गोदावरीको ३ नम्बर वडामा सडक विस्तार भए पनि हरिसिद्दि ठैब र बाँडेगाँउमा सडक विस्तारको कुनै छाँटकाट छैन । राजनीतिक नेतृत्व नै तथास्थितीमा सडक कालोपत्रे गर्न माग गर्दै मन्त्रालय धाउन थालेपछि सडक विस्तार अन्न्यौल भएको हो । स्क स्थानीयका अनुसार सरकारले मुआव्जा दिने भए पनि यहाँ सडक विस्तारको विषयमा विवाद हुने निश्चित रहेको बताए । उनका अनुसार हरिसिद्धि क्षेत्रमा गुठीको नाममा धेरै जग्गा भएकोले विरोध हुने र सडक बनाउन अवरोध हुने निश्चित छ ।


यद्यपी गोदावरीमा अन्र्तराष्ट्रिय सभा सम्मेलनको लागि सभा हल निर्माण भएसँगै केन्द्र सरकारको समेत यस सडक विस्तारमा चासो छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १० : २१ बजे