१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कम्बोडियामा कोरोनाको खोप निःशुल्क


२३ मंसिर २०७७, मंगलबार  

0
Shares


२३ मंसिर ०७७, नोमपेन । कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने सोमबार जानकारी दिएका छन् ।
आफ्नो आधिकारीक फेसबुक पेजमार्फत प्रधानमन्त्रीले निःशुल्क खोप प्रदान गर्ने गरी सरोकारवालाहरुसँग परामर्श गर्न पनि निर्देशन दिएका छन् ।
अर्थमन्त्रीलाई पनि प्रधानमन्त्रीले सवै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।
पहिलो चरणमा उच्च जोखिममा रहेका जनतालाई लगाउने गरी १० लाख खोप ल्याउने योजना बनाइएको जानकारी उनले दिए ।
एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उनले उल्लेख गर्नुभएका छन् ।

दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ ।
दक्षिण एसियाली यस मुलुकमा अहिलेसम्म ३ सय ४८ जनामा मात्रै कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ३ सय ६ जना सङ्क्रमणमुक्र भइसकेका छन् ।
अघिल्लो बर्षको जनवरीदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाका कारण कसैको मृत्यु भएको पुष्टि भएको छैन ।

 

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ३१ बजे