७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बजारमा सबैभन्दा ठूलो साधारण शेयर आउदै


२४ मंसिर २०७७, बुधबार  

0
Shares


२४ मंसिर ०७७, काठमाडौं । केही समयभित्र अहिलेसम्मकै सबैभन्दा ठूलो साधारण शेयर विक्रि खुला हुने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर ३ गते बसेको साधारणसभाबाट साधारण शेयर निश्कालनका लागि धितोपत्र बोर्डमा अनुमती माग्न पुगेको हो ।
यस बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर विक्री गर्नेछ ।
बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने
यो साधारण शेयरको बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । यस बैकमा नेपाल सरकारको समेत लगानी रहेको छ । पूर्वाधार विकासका लागि देशमा निर्माण हुने ठूलो परियोजनाका लागि खोलिएका यो नेपाल इन्फ्रास्ट्रचर बैंक खोलएको थियो ।
बैकको चुक्ता पूँजी १२ अर्ब रहेको छ भने साधारण शेयर बिक्री गरे पछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
काठमाण्डौको नयाँ बानेश्वरमा कार्यालय रहेको बैंकले २०७५ फागुन २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको हो ।

जलविद्युत,सौर्य उर्जा, होटल,रिसोर्ट,फनपार्क,केवलकार,शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका परियोजनाहरुमा श्रोत लगानी गर्ने मूल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।