८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुरमा उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई स्वागत


२५ मंसिर २०७७, बिहिबार  

0
Shares

स्वागत कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संका अध्यक्ष कृष्णलाल महर्जन र नेपाल उद्योग वाणिज्य महासंका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा ।

मंसिर २३ ०७७, ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेको छ ।
कार्यक्रममा नेउवा महासंघका अध्यक्ष शेखर गोल्छा, विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघई, कोषाध्यक्ष सकुन्त लाल हिराचन, कार्यकारिणी सदस्यहरु लगायत वाग्मति प्रदेशको जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरु सहभागी भएका थिए ।

संघका महासचिव मनोज बहादुर न्याछ्योंद्धारा संचालित कार्यक्रममा संघका अध्यक्ष महर्जनले नेपाली परम्परा अनुसार सगुन र खादा, निर्वतमान अध्यक्ष सविन श्रेष्ठले फुलको गुच्छा, वरिष्ठ उपाध्यक्ष जोशीले टिका लगाई महासंघका अध्यक्षलगायत महासंघको ५४ औं साधारण सभा तथा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुलाई कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गरेका थिए ।

ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन भने, ‘कोरोनाका कारण निजी क्षेत्र नराम्ररी थला परेको र महामारीको संकट सुरु भएको झन्डै ९ महिना पुग्न लागिसक्दा पनि बल्ल हामी सरकारबाट घोषित पुनर्कर्जा र व्यवसाय सञ्चालन कोष कार्यान्वयनको पहिलो चरणमा आइपुगेका छ ।’ उनका अनुसार अहिलेसम्म राष्ट्र बैंकले ऋणीप्रति राखेको सद्भावकै कारण आम व्यवसायीहरुको समस्या सतहमा त्यतिधेरै आइसकेको छैन ।

कार्यक्रममा नेपाल उउद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघमा अव पक्ष विपक्ष भन्ने भावना सकि सकेकोले सबै मिलेर देश आर्थिक विकासका लागि सशक्त रुपमा कार्यक्रम बनाउने बताए । गोल्छाले आर्थिक गतिविधिलाई गति दिन महासंघले चाँडै नै एउटा डकुमेण्टेशन तयार गरि सबैको सहमति र सल्लाहमा कार्यान्वयका लागि सरकारलाई पेश गर्ने बताएका छन् । साथै उहांले महासंघका निर्वाचित समूहलाई ललितपुर उद्योग वाणिज्य संघले बधाई तथा स्वागत कार्यक्रमलाई निरन्तरता दिएकोमा धन्यबाद समेत दिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले आफ्नो धन्यबाद दिएका थिए । जोशीले मन्तव्यको क्रममा भने, ‘निर्वाचित पदाधिकारी र सदस्यहरु सवै एक जुट भए महासंघलाई एउटा सशक्त र नमूना महासंघको रुपमा स्थापित गर्न लाग्नु पर्ने र यसका लागि संघको सदैव सहयोगी भूमिका हुनेछ ।’

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ७ : ०४ बजे