५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ भर्ने अन्तिम दिन


२ पुस २०७७, बिहिबार  

0
Shares

२ पुस ०७७, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको गत मंसिर २९ गतेदेखि सर्वसाधरणको लागि खुलेका आईपीओ लागि आवेदन दिने आज (विहीबार) (पुस २ गते) अन्तिम दिन हो।
कम्पनीले ६० लाख कित्ता शेयर विबिmमा ल्याएको हो । त्यसमध्ये ३ लाख कित्ता अथया ५ प्रतिशत कर्मचारीहरुलाई र ५ प्रतिशत ३ लाख कित्ता सामूहिक लागनीकोषहरुलाई छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रि गर्न लागिएको हो ।
यस कम्पनीकोे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलका रहेको छ । कम्पनीका अनुसार बुधबार ४ः४० बजेसम्ममा ८ लाख ७३ हजार ७९ आवेदकबाट २ करोड ३७ लाख ७६ हजार ४ सय ६० कित्ता शेयरका लागि आवेदन परिसकेको छ ।
यो कम्पनीले सर्वसाधरणका लागि विक्रिी गरेको ५४ लाख कित्ताको ४.४ गुणा भन्दा धेरै हो ।
यस कम्पनीको शेयर आवेदन गर्न सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले केयरएनपी–आइआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउछ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ हुनेछ ।

 

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ८ : ५३ बजे