२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेसबुकबाट महिलाहरुलाई अश्लिल तस्बिर पक्राउ


३ पुस २०७७, शुक्रबार  

0
Shares


३ पुस ०७७, काठमाडौ । फेक इमेल तथा फेसबुकबाट महिलाहरुलाई अश्लिल सन्देश, तस्बिर पठाउने, यौन उत्पीडन एवम् हैरानी गरेको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका ७ गल्फुटार बस्ने मोरङ विराटनगर उपमहानगरपालिका ३ घर भएका ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका ६ कल्याणपुर बस्ने ३५ वर्षीय थमबहादुर विश्वकर्मा रहेका छन् । सुमनलाई काठमाडौंबाट र थम बहादुरलाई जिल्ला प्रहरी कार्यालय चितवन समेतको सहयोगमा चितवनबाट पक्राउ गरिएको हो ।
सुमनले फेक इमेल बनाई महिलालाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने, यौन उत्पीडन गर्ने, हैरानी गर्ने कार्य गरेको तथा थम बहादुरले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने एवम् हैरानी दिने कार्य गरी विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका व्यक्तिहरू उपर थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।