२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१ सय ३ वर्षीया छत्रमायाले पाइन् नागरिकता


४ पुस २०७७, शनिबार  

0
Shares

४ पुस ०७७, सिन्धुली(रासस) ः कमलामाई नगरपालिका–१३ निवासी छत्रमाया मगरले नागरिकता प्राप्त गरेकी छिन् । एकसय तीन वर्षका उमेरमा उनले जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार नागरिकता प्राप्त गरेकी हुन् ।
उनलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गरेकी हुन् । रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहँुदा राज्यले प्रदन गर्ने सेवासुविधाबाट वञ्चित हुँदै आएकी थिइन् ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतले समाचार पढेपछि आफूले वडाध्यक्ष किरण माझीलाई फोन गरेर वृद्धा आमाको विवरण बुझ्न आग्रह गरेकोे जानकारी दिए ।
“आवश्यक कागजपत्रसहित ती आमालाई पत्ता लगाएर जिल्ला प्रशासन कार्यालयमा लिएर आउन आग्रह गरेकामा आज(शुक्रबार) आएकाले नागरिकता प्रदान गरेका हौँ ।” उनले भने, “विसं १९७४ माघ १५ गते जन्मनुभएकी छत्रमायाले १ सय ३ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ ।” नागरिकता नहुँदा राज्यले दिने सेवासुविधाबाट वञ्चित भएकी छत्रमायाले अब वृद्धभत्ता प्राप्त गर्न बाटो खुलेको छ ।
पाँच वर्षअघि छत्रमायाका श्रीमानको निधन भएको थियो । यसपछि उनलाई नाति पर्ने पदमबहादुर रानामगरले पालनपोषण गर्दै आएको बताइएको छ ।

 

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ३ : ३८ बजे