५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सोमबार सुनको मूल्यमा बृद्धि


६ पुस २०७७, सोमबार  

0
Shares


६ पुस ०७७, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९ सयले उकालो लागेको छ । छापावाला सुन आज(सोमबार) प्रतितोला रु ९५ हजार २ सयमा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३ सयमा कारोवार भएको थियो ।
तेजाबी सुन प्रतितोला रु ८ सय ५० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ७ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो धातु आइतबार प्रतितोला रु ९३ हजार ८ सय ५० मा कारोवार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३ सय २० मा कारोवार भएको छ । आइतबार सो धातु रु एक हजार २ सय ८० मा कारोवार भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : १९ बजे