५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सम्झना कृषि सहकारीमा कोरोनाको असर कम


७ पुस २०७७, मंगलबार  

0
Shares

चापागाँउ टाहाखेलस्थित सम्झना कृषि सहकारीको साइन बोर्ड । तस्विर ललितपुर खबर

लपु संवादाता
३ पुस ०७७, चापागाँउ । कोरोना संक्रमणपछि लामो लक डाउनको प्रभाव ललितपुर चापागाँउमा स्थापित सम्झना कृषि सहकारीलाई खासै नपरेको सहकारीका अध्यक्ष पुरुषेत्तोम हुमागाईले ललितपुरसँग बताएका छन् । ‘हामीले उत्पादनमुलक क्षेत्रमा मात्रै लगानी गरेका छौं । त्यसैले हाम्रो लगानी सुरक्षित भएको हो ।’ अध्यक्ष हुमागाईले भने ।
कृषि क्षेत्रमा लगानीसँगै सहकारीले टाहाखेल, कोञ्ज्योसोम भारदेउ र चौघरेका आफ्ना सदस्यहरुलाइ विउविजन वितरण,सहस्य परिवारका सदस्यहरुलाई छात्रबृत्ति कार्यक्रम, शेयर सदस्य परिवार सदस्यको निधनपछि राहत सहयोग वितरणजस्ता कार्यक्रम गर्दै आएको अध्यक्ष हुमागाँईले बताए ।
गत वर्ष सहकारी आन्दोलनलाई विशिष्ट सहयोग गरेको भन्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरी बजगाईंलाई सम्झना विशेष सम्मानद्वारा विभुषित गरेको थियो ।
ललितपुर सातदोवाटोस्थित ब्राइट फ्युचर कलेजमा ७ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति दिएको हो ।
साथै शेयर सदस्य परिवारको सदस्य जन्मपछि वाल बचत खातामा रु. ५ सय प्रदान गरेको थियो भने एकल महिलालाई रु. ५ सय भत्ता समेत वितरण गरेको थियो ।
सम्झना सहकारीले आफ्ना कर्मचारीहरुलाई समयानुकुल विविध व्यक्तित्व विकाशको तालिममा सहभागीता बढाउदै लगेको छ ।
सहकारीले सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएको छ । गत साल बजैवाराही अपाङ्ग केन्द्रलाई हिटर प्रदान गरेको थियो ।
सहकारीले मुख्यतयाः कृषि क्षेत्रमा लगानी गरेको छ । सहकारीका अध्यक्ष हुमागाँईका अनुसार सिलाई कटाई र पसल व्यावसायजस्ता उत्पादन मुलक क्षेत्रमा समेत थोरै लगानी रहेको छ ।
मध्य ललितपुरको कृषि क्षेत्रमा योगदान दिने उद्देश्यले गएको ८ बर्ष अघि स्थापित यस सहकारीको शेयर पूँजी १ करोड नागिसकेको छ । निक्षेप ७ करोड र बाह्य लगानी ४ करोड र कर्जा लगानी ११ करोड हाराहारी रहेको छ ।

सहकारीको कार्यक्षेत्र ललितपुर जिल्लाभर हरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : १९ बजे