५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आजदेखि अनलाइन प्रणालीबाटै पुनःश्रम स्वीकृति लिन सकिने


८ पुस २०७७, बुधबार  

0
Shares

८ पुस ०७७, काठमाडौं । वैदेशिक रोजगारका जानेका लागि आजदेखि अनलाइन प्रणालीबाटै पुनः श्रम स्वीकृति लिन सकिने भएको छ।
यसअघि पुनः श्रम स्वीकृति लिन पुनः श्रम स्वीकतिका लागि वैदेशिक रोजगार कार्यालय ताहचल धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयमा आउन लागेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका महानिर्देशक कुमार दाहालका अनुसार अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास भइसकेको छ । अब जुनसुकै देशबाट सहज रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने छ।

अब वैदेशिक रोजगारीमा जाने व्यक्तिले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाटै बुझाउन सक्नेछन्। यसका लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत भुक्तानी गर्न सकिने छ। विभागले विभिन्न बीमा कम्पनी र पेमेन्ट गेटवेसँग यसको सम्झौतासमेत गरिसकेको छ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ८ : ३० बजे