५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा झिनो अंकले सुधार


९ पुस २०७७, बिहिबार  

0
Shares

९ पुस, ०७७ काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले उकालो लागेको छ । प्रतितोला ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा बिहीबार झिनो सुधार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । चाँदी प्रतितोला एक हजार २८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ ले बढेको हो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ११ : ४३ बजे