५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सात सय रुपैयाँले बढ्यो सुन


१३ पुस २०७७, सोमबार  

0
Shares


१३ पुस ०७७, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु सय रुपैयाँले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज( सोमबार एकै पटक वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २ सय रहेकामा आज प्रतितोला रु ९४ हजार ९ सय पुगेको छ । तेजाबी सुन भने आइतबार प्रतितोला रु ९३ हजार ७सय रहेकामा आज रु ७ सयले वृद्धि भई रु ९४ हजार ४ सयमा कारोवार भएको छ । चाँदी आज प्रतितोला रु एक हजार ३ सय १५ मा कारोवार भएको छ । चाँदी आइतबार रु एक हजार २ सय ८० मा कारोवार भएको थियो ।

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ११ : ४५ बजे