२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘दाहाल– नेपाल पार्टी एकताकै पक्षमा’


१३ पुस २०७७, सोमबार  

0
Shares


१३ पुस ०७७, काठमाडांै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल—नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उनको भनाइ छ । प्रेस सङ्गठन नेपालले आज(सोमबार) आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे । निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : ०८ बजे