१४ पुस ०७७,काठमाडौं । काठमाडौं उपत्यकामा आज(मंगलबार)मा यो वर्षैको सबैभन्दा धेरै चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ ।
आज न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्रीमा झरेको महाशाखाले जनकारी दिएको छ । गएको शनिबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेकोमा आज भने अझ तापक्रम झरेको हो ।
चिसो मौसमका कारण विहानीपख राजधानीको जनजीवन प्रभावित भएको छ । यो समयमा राजधानीका सडकमा न्युन मात्रामा सवारी साधन गुडिरहेका छन् भने हिडडुल गर्ने पैदल यात्री पनि कम भेख्न सकिन्छ ।
राजधानीको चोक चोकमा रहेका चिया पसलमा साँझ विहान भिड बढ्ने गरेको छ भने मकलमा आगो ताप्नेहरु पनि उत्तिकै देख्न सकिन्छ ।
राजधानीका अधिकांश ठाँउका आज तुसारो परेको छ । उपत्यकाको होचो ठाँउमा हुस्सु लागेको देख्न सकिन्थ्यो ।
विभागका अनुसार अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । अझै केही दिन चिसो पनि बढ्ने विभागले बताएको छ ।
१४ पुस २०७७, मंगलबार
0
Shares
प्रतिक्रिया