११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फाराम आजदेखि खुला


१४ पुस २०७७, मंगलबार  

0
Shares

१४ पुस, ०७७ काठमाडौं । कोभिड–१९ का कारण ९ महिनादेखि बन्द सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम आजदेखि खुला भएको छ ।
चैतदेखि बन्द भएको अनलाइन फाराम आजदेखि सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागले जनाएको छ ।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरेको हो ।
अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १२ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।