१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुरका उद्यमीलाई कोरोना प्याकेजको चिन्ता


१७ पुस २०७७, शुक्रबार  

0
Shares


१७ पुस ०७७, पाटन । ललितपुर उद्योग बाणिज्य संघको ४१ औं साधारण सभामा ललितपुरका व्यावसायीहरुले कोरोनाका कारण यहाँका व्यावसायी मर्कामा परेको भन्दै सरकारले प्याकेज ल्याएर राहत दिनु विचार एक मतले व्यक्त गरेका छन् ।
ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले कोरोना अगाडीको व्यापार व्यवसाय पूर्ववत रुपमा पुनः फकाउन जरुरी भएको हुँदा सरकारले राम्रो राहतको प्याकेज ल्याउनुपर्ने बताए । उनले भने, “अहिले आर्थिक गतिविधि सुस्त छ । हाम्रा उत्पादनलाई विश्व बजार समक्ष प्रतिशपर्धी बनाउँदै लाग्नुपर्ने भएको छ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले कोेरोनाले लथालिङ्ग बनाएको अर्थतन्त्र जोगाउन सरकारले व्यवसायीलाई राहतको कार्यक्रम घोषणा गर्नुपर्ने बताए । कार्यक्रमलाई एदोगमन्त्री लेखराज भट्टले उद्घाटन गरेका थिए ।
सङ्घका वरिष्ठ उपाध्यक्ष भरतलाल प्रधानले मुलुकको अर्थतन्त्र बढाउन पुरातन सोचलाई अन्त्य गरी वैज्ञानिक ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता भएको भनाइ राखे ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण धरायसी भएका व्यवसायीलाई महानगरपालिका भित्र तिर्नुपर्ने करमा १० प्रतिशत छुट दिएको बताए । उनले भने, “ललितपुर विश्वको ३५ आँै कला नगरीमा घोषणा भइसकेकाले यहाँका व्यवसायी आ–आफ्नो कामबाट पलायन नहुन भनेर चालु आर्थिक वर्षमा कोरोना कोषको पैसा यसको बचावटमा छुट्टाइसकेका छौँ ।”
ललितपुरमा रहेका छ पालीकामध्ये दक्षिण ललितपुरका तीन गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ठूलो रकम आवश्यक भएको अध्यक्ष कृष्णलाल महर्जनले जोड दिएका थिए ।
सङ्घको चुनाव शनिबार
सङ्घमा नयाँ अध्यक्ष नेतृत्व चयनका लागि भोली(शनिबार) निर्वाचन हुँदैछ । भोलीको चुनावमा अध्यक्ष पदका लागि हालका महासचिव मनोजबहादुर न्याछ्यों र वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीको प्रतिष्पर्धा हुने भएको छ ।
न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक तथा व्यवसायी हुन् भने जोशी जोशी टे«ड सेन्टर खुमलटारका सञ्चालक एवं वर्णवास म्यूजियम होटलका पर्यटन व्यवसायी समेत हुन् ।
यस अघि सङ्घमा अध्यक्षको कार्यकाल दुई वर्षको थियो भने अबबाट तीनवर्षको अध्यक्ष कार्यकाल हुनेछ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : १३ बजे