३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


इन्फ्रास्ट्रक्चर बैंकको शेयर माघ २ बाट बिक्रि शुरु


२१ पुस २०७७, मंगलबार  

0
Shares


२१ पुस ०७७, काठमाडौं । पुर्वाधार विकाशका लागि स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेबाट साधारण सेयर निष्कासन गर्दैछ । यस बैंकले ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर विक्री गर्न लागेको हो । आउदो माघ २ गतेदेखि बिक्रि िखुला हुने यो साधारण शेयर छिटोमा माघ ६ गतेसम्म भर्न सकिनेछ भने ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सकिने छ ।
धितोपत्र बोर्डले दिएको अनुमतिमध्ये यो नैअहिले सम्को ठूलो आईपीओ हो । बोर्डले पुस १० गते नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई हाल
सेयर जारीपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ । जारी शेयरको०.२० प्रतिशत अथवा १ लाख ६० हजार कित्ता कर्मचारी र ५ प्रतिशत (४० लाख कित्ता) सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिनेछ ।
बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन (आईपीओ) पनि अहिलेसम्मकै ठूलो हो ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ११ : ०८ बजे